नेपाल मगर साँस्कृतिक संघमा नयाँ नेतृत्व

217

बागमती – नेपाल मगर साँस्कृतिक संघ सर्लाहीको नयाँ नेतृत्व चयन भएको छ ।

शनिवार बागमती नगरपालिका–१, मिलनचोक स्थित मगर गुम्बामा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले शर्मिला रमौली मगरको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा युगलबहादुर आले मगर, सचिवमा अर्जुन राना मगर, कोषाध्यक्षमा उषा थापा मगर, सह–सचिवमा सञ्जय बलम्पाकी मगर लगायत अन्य सदस्य रहेका छन् ।

नयाँ नेतृत्व चयन गर्नु अघि नेपाल मगर साँस्कृतिक संघका प्रदेश सदस्य छलबहादुर राना मगरको अध्यक्षता एवं प्रदेश सभा सदस्य बेची लुंगेली मगरको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको थियो । उद्घाटन सत्रमा नेपाल मगर संघका पूर्व मध्यमाञ्चल उपाध्यक्ष नारायण खपांगी मगर, केन्द्रीय सदस्य लेखराम जर्गा मगर, नेकपाका नेता सुरेन्द्र लामा, नेपाल मगर संघका सर्लाही अध्यक्ष तेजनारायण आले मगर, वरिष्ठ सल्लाहकार सदस्य दीपक थापा मगर, प्रदेश सचिव ओम राना मगर, प्रदेश सदस्य जयन्ती आले मगर लगायतको उपस्थिति थियो ।