महिला स्वयं सेविका दिवस मनाईयो

259

लालबन्दी–१६ औँ महिला स्वास्थ्य स्वयं सेविका दिवस बिहिवार सर्लाहीको लालबन्दीमा पनि मनाइएको छ ।

लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काको अध्यक्षता एवं प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो । लालबन्दीको डुमडुमे मन्दिरदेखि नगरपालिकासम्म र्याली निकालेर नगरपालिका सभा हलमा सभा गरिएको थियो । कार्यक्रममा तारा पौडेल, उद्धव श्रेष्ठ, गोपाल थापा, डाँककुमारी फुँयाल र दुर्गा खरेललाई प्रमाण पत्र प्रदान गरी सम्मान गरिएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका सुरेन्द्र खतिवडाले जानकारी दिए । जिल्लाका अन्य स्थानीय तहले पनि बिहिवार विविध कार्यक्रम गरी दिवस मनाएका छन् ।