हरिवनका स्नुकर खेलाडी बुटवल गए

321

हरिवन – सर्लाहीको हरिवन बजार स्थित भोलेबाबा स्नुकर हाउसका तीनजना खेलाडी प्रतिष्पर्धाका लागि पश्चिम नेपालको बुटवल गएका छन् ।

विहिबार साँझ भोलेबाबा स्नुकर हाउसमा एक समारोहबीच खेलाडीहरुलाई बिदाई गरिएको छ । शुक्रबारदेखि बुटवलमा हुने प्रतियोगितामा प्रतिष्पर्धा गर्ने हरिवन नगरपालिका–११ पासाङ घिसिङ, हरिवन नपा–२ का रामकृष्ण अधिकारीलाई बिदाई गरिएको हो । प्रतियोगितामा सर्लाहीको तर्फबाट सहभागि हुने काठमाडौं–११ का दिनेश कार्की भने उतैबाट जाने भोलेबाबा स्नुकर हाउसले जनाएको छ । सर्लाकीका तीनैजना खेलाडीले बुटवलमा हुन गईरहेको स्व. राजु लामा स्मृति खुल्ला स्नुकर प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् ।

प्रथम पुरस्कार ५० हजार, द्वितिय २५ हजार रुपैंया सहितको पुरस्कार रासी रहेको प्रतियोगितामा सहभागि हुन जाने खेलाडीलाई विहिबार साँझ जिल्ला युवा परिषद्का तत्कालिन अध्यक्ष एवं खेलकुद अगुवा निरोज कार्की, सर्लाही स्नुकर तथा पुल संघका अध्यक्ष रोम भट्टराई, सचिव कविन कार्की, कोषाध्यक्ष राजेश चौधरी लगायतले फूलमाला, अबिर र खादा ओढाएर सम्मान सहित बिदाई गरेका थिए ।