जनज्योति क्याम्पसको बिधान संशोधन

572


लालबन्दी – सर्लाहीको लालबन्दीमा रहेको जनज्योति बहुमुखी क्याम्पसको आज विशेष प्राज्ञिक सभा सम्पन्न भएको छ ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद न्यौपानेको अध्यक्षतामा सभा सम्पन्न भएको हो । क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष माधव खरेलको संयोजक रहेको विधान संशोधन समितिले बुझाएको संशोधित विधान पारित गर्न विशेष प्राज्ञिक सभा बोलाइएको हो । क्याम्पसको विधान संशोधन गर्न गठित समितिमा रामबाबु साह र राजेश्वर काफ्ले सदस्य रहेका थिए । संधोधित विधानमा क्याम्पस नाफा आर्जन गर्ने हेतुले नभई समुदायबाट नाफारहित रुपमा सञ्चालित हुनुपर्ने, व्यवस्थापन समितिको कार्यकालको निश्चित अविध तोकिनुपर्ने, कुनै कारणले क्याम्पस सञ्चालन हुन नसक्ने अवस्थामा क्याम्पसको सम्पूर्ण चल अचल सम्पत्ति सम्वन्धन दिने विश्वविद्यालय वा नेपाल सरकारको हुने जस्ता कुरा उल्लेख छ ।