स्वास्थ्य शिविरमा ८७५ जना लाभान्वित

266

सीतापुर, मंसिर २८ – सर्लाहीको बरहथवा नगरपालिका–१०, सीतापुरमा आज सम्पन्न एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ८७५ जना लाभान्वित भएका छन् ।

युनिट स्वास्थ्य सहकारी संस्था बरहथवा नगरपालिका–६ ले आयोजना गरेको शिविरमा सो संख्यामा स्थानीय वाषिन्दाको औषधोपचार गरिएको हो । शिविरमा बाल रोग, गाइनो, अर्थोपेडिक, दाँत, आँखा लगायत विभिन्न रोगका बिरामीलाई निःशुल्क परीक्षणसहित औषधी समेत प्रदान गरिएको आयोजक संस्थाका सदस्य रामहरेश साहले जानकारी दिए । उनका अनुसार शिविरमा आँखा परीक्षण गराएका मध्ये ७५ जनामा मोतिया बिन्दु फेला परेको छ । शिविरमा निःशुल्क ल्याब परीक्षणको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।