ईश्वरपुर – नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सर्लाहीको ईश्वरपुर नगरपालिकामा धर्ना दिइरहेको छ ।
नगरप्रमुखको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ती दुई पार्टीबाट निर्वाचित जनप्रतिनिधी र नेताहरु आइतवार बिहानबाट नगरपालिकाकै गेटमा धर्नामा बसेका हुन् । कांग्रेस र राजपाले आर्थिक पारदर्शिता, सबै पार्टीका कार्यकर्तालाई समान व्यवहार, कानुन विपरीत भएरहेका गतिविधि नियन्त्रण सहित १३ बुँदे माग अघि सारेका छन् । आफूहरुको मागका सम्वन्धमा नगरप्रमुखको ध्यानाकर्षण गराएपनि सुनुवाई नभएपछि धर्नामा बस्नु परेको नेताहरुले बताएका छन् । नगरपालिका कार्यालयले भने वार्ता र छलफलको माध्ययमबाट समस्याको निकास खोज्न आग्रह गरेको छ ।