चर्चामा मोहन मेहता ।

940

रौतहट । नेकपा बाट ईशनाथ नगरपालिकाका नगर अध्यक्ष मोहन मेहताले छिटै सो नगरपालिकामा वडा कमिटिले पूर्णता पाउने बताएका छन् । प्रविधिक कारणले गर्दा रौतहटका नगर अध्यक्षहरुको सपथ ग्रहणमा केहि ढिलाई भएकोले वडा कमिटि गठन प्रक्रिया विलम्ब भएको वहाँले बताएका छन् ।

पछिल्लो समय नेकपा प्रवेश गरे संगै एकाएक चर्चामा आएका मोहन मेहताको कार्य शैली प्रति स्थानिय लगायत पार्टि भित्र पनि सकारात्मक चर्चा चलेको छ । लामो समय देखि राजनितिक पृष्ठभुमि बाट जोडिएका मेहता निकट भविष्यमा पार्टिले जिम्मेवारी दिए प्रतिनिधि सभामा प्रतिष्पर्धा गर्ने अभिव्यक्ति दिए संगै पार्टि सर्मथकहरु बाट सकारात्मक सुझावहरु आई रहेको बताएका छन् ।

विहिवार मात्रै प्रभावकारी न्युज संगको कुराकानीमा मेहताले पार्टिले जिम्मेवारी दिए प्रतिनिधि सभामा जुन सुकै उम्मेदवार लाई चुनौति दिने अभिव्यतिm दिएका थिए । वहाँको सो प्रतिक्रियाले जंगलमा डढेलो सरह भएको छ । सो अभिव्यतिm माथी पार्टिका नेता तथा कार्यकर्ता बाट सकारात्मक टिप्पणीहरु आउदा आफुमा झनै उर्जा थपिएको वहाँले बताएका छन् ।