दुर्गा भगवति गाउँपालिकामा स्वास्थ्य शिविर सम्पन्न ।

476

पवन राज गुप्ता
रौतहट । रौतहटको दुर्गा भगवति गाउँपालिका स्थित पिपरा स्वास्थ चौकीमा अष्टे«लिया एड नामक संस्था को सहयोग मा महिला स्वास्थ तथा सुदृढीकरण परियोजना अन्र्तगत आङ्ग खस्ने समस्या सम्बन्धी १ दिने शिविर सम्पन भएको छ ।

शिविरमा १ सय ३३ जना बिरामीहरु लाभान्वित भएका छन् । लाभान्वित मध्ये ३२ जनालाई आपरेशन गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । दुर्गा भगवति गाँउपालिकाका अध्यक्ष अरुण साहको अध्यक्षतामा सम्पन्न सो शिविरमा सो गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद साहले आफ्नो मन्तबयको क्रममा आउने दिनहरुमा पनि जनताले प्रत्यक्ष लाभ लिने यस प्रकारका कार्यक्रमहरु लाई प्रभावकारी ढंगबाट निरन्तरता दिईने बताएका थिए ।