कलश यात्रामा नगर प्रमुख सहभागी हुँदा श्रद्धालुहरु हर्षित ।

680

रौतहट १३ फाल्गुन । रौतहट जिल्लाको ईशनाथ नगरपालिका स्थित मोतिपुरमा रहेको नवनिर्मित ब्रहम बाबा मन्दिरको प्राण प्रतिष्ठाको लागी आज निस्केको कलश यात्रामा सो नगरपालिकाका नगर प्रमुख सन्तोष मेहता सहभागी भएका छन् ।

नगर प्रमुख मेहताको सहभागीताले सो यात्रामा सहभागी रहेका भक्तजनहरु हर्षित भएका थिए । मन्दिरको प्राण प्रतिष्ठा र कलश यात्रामा सहभागी भई मेहताले सो नगरपालिका बासीको सुख शान्ति र समृद्धिको कामना गरेका छन् । सो अवसरमा प्रमुख मेहताले प्रभावकारी न्युजकर्मी संग कुराकानी गर्दै धर्म संस्कृतिको रक्षाका लागी आफु सदैव अग्रसर रहने बताए ।

पछिल्लो समय यस निर्वाचन क्षेत्रमा केहि असमजिक तत्वहरु द्धारा धर्मको आडमा विभिन्न समुदाय बिच भेदभाव र्सिजना गर्ने अभ्यास भई रहेको हुँदा सो किसिमको तत्वहरु बाट सबै सचेत हुनु जरुरी रहेको वहाँको भनाई रहेको छ ।