छोरी बिमाले भ्रुण हत्यामा कमी आउने:नगर प्रमुख मेहता

467

रौतहट १४ फाल्गुन । प्रदेश नम्बर २ को सरकारले शुरु गरेको छोरी बिमा कार्यक्रमले गर्भ मै छोरीको हत्या हुने संख्यामा कमी आउने ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहताले बताएका छन् । प्रदेश सरकार द्धारा संचालन भएको बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्र्तगत छोरी शिक्षा बिमा कार्यक्रम ईशनाथ नगरपालिका को औरैयामा शुभारम्भ गर्दै सो कु्रा बताएका छन् ।

एक औपचारीक कार्यक्रम बिच बिमा शिविर शुभारम्भ गर्दै नगर प्रमुख मेहताले छोरा सरह छो्री लाई समेत अधिकार दिन सबै अभिभावक संग आग्रह गरेका थिए । प्रदेश सरकारको बिमा कार्यक्रमको कदम सरहानिय रहेको भन्दै यस किसिमका अरु कार्यक्रम संचालन गरी प्रदेशलाई विकासको दिशा तिर अग्रसर गर्ने प्रदेश २ का मुख्य मन्त्रि लालबाबु राउत संग नगर प्रमुख मेहताले आग्रह गरेका छन् ।

रौतहट जिल्ला विकास, शिक्षा र आर्थिक सम्पन्नताको सुचांकमा पछाडि रहेकोले सो क्षेत्रमा गंभिर बन्न मेहताले प्रदेश सरकारलाई आग्रह गरेका थिए ।

त्यसतै कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघ रौतहटका पूर्व सभापति प्रेमचन्द्र झाले छोरी बिना परिवार अधुरो रहने भन्दै छोरा जति सुकै शिक्षित भए पनि छोरी बिना परिवार अगाडि नबढने भएकोले छोरी भए भु्रण हत्या गर्नुको साटो छोरा भए सरह उल्लास मनाउन र छोरा छोरी दुैको शिक्षामा जोड दिन कार्यक्रमा सहभागी अभिभावकहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा सो नगरपालिका का उप प्रमुख हुस्न आरा खातुन लगायत सम्पूर्ण वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।