ईशनाथ गुठिको जग्गा व्यक्तिको नाममा नामसारी गराउने लाई कारवाहि हुनुपर्छ : मोहन मेहता ।

1139

रौतहट २४ फाल्गुन । नेकपा बाट ईशनाथ नगरपालिकाका नगर अध्यक्ष मोहन मेहताले रौतहटको ईशनाथ नगरपालिकामा रहेको ईशनाथ महादेव गुठिको एक सय १४ बिघा जग्गा भुमाफियाले व्यक्तिको नाममा दर्ता गराएको बताएका छन् ।

ई.सं १११४ मा स्थापना भएको ईशनाथ मन्दिरमा विभिन्न दाताहरु बाट दान स्वरुप प्राप्त १ सय १४ विघा जग्गा सो नगरपालिका भित्रका र केहि बाहिरी भुमाफियाहरु द्धारा विभिन्न मितिमा विभिन्न व्यक्तिको नाममा दर्ता गराईएको मेहताको दावी रहेको छ । ईशनाथ नगरपालिका वडा नं.३ मा १ सय १४ विघा बाट खुम्चिएर जम्मा ५ विघामा सिमित रहेको सो मन्दिर भुमाफिया कै कारण जिर्ण अवस्थामा पुगेको छ ।

विभिन्न समयमा विभिन्न सरोकार वालाले समेत सो विषयमा आवाज उठाउदा राज्यले भुमाफियाहरु लाई उन्मुक्ति दिने मनसायले छानबिन प्रक्रिया अगाडि नबढाएको मेहताको आरोप रहेको छ । सो गुठिको जग्गा बिक्री गर्न सो नगरपालिका का केहि स्थानिय राजनितिक व्यक्ति र जनताबाट प्रत्यक्ष निर्वाचित जिल्लाका केहि सांसद तथा विधायकहरुको हात रहेको मोहन मेहताले दाबी गरेका छन् ।

मठ मन्दिरको सार्वजनिक जग्गा व्यत्रिक्तको नाममा नामसारी गराई मन्दिर लाई जिर्ण अवस्थामा पुरर्याउने जो सुकै भए पनि छानबिन गरी जग्गा फिर्ता गराउन मोहन मेहताले माग गरेको छन् । इशनाथ महादेव मठ को १ सय १४ विघा जग्गा मध्ये केहि जग्गा पतौरा, मौलापुर, सोनरनिया, जनकपुर, जटहारा, सर्लाहि र काठमाण्डौमा समेत रहेको र हाल सो जग्गा भभुमाफियाहरुले व्यक्ति को नाममा नामसारी गरि सकेको मठका कोषाध्यक्ष पप्पु कुमार गिरीले बताएका छन् ।

९ सय ६ वर्ष पुरानो सो गुठिको जगा फिर्ता गराई मन्दिरको जिर्णोद्धार गराउन मेहताले राज्य संग माग गरेका छन् ।