प्रदेश सांसदको उपभोक्ता समितिमा नातेदार नै नातेदार ।

672

रौतहट २५ फाल्गुन । रौतहट जिल्लाको निर्वाचन क्षेत्र नं.२ को क बाट प्रदेश सभाका सदस्य नागेन्द्र प्रसाद सिन्हा ले गत वर्ष आफ्नो विकास कोषको रकम बाट निर्माण हुने योजनाहरुमा आफ्नो नातेदार र आसेपासे लाई राखेर गुणस्तरहिन निर्माण गराएको आरोप लागेको छ ।

विकास निर्माणको कायमा उपभोक्ता समिति मार्फत काम गराउदा सो समितिमा आफन्त र नातेदार राख्न नपाउने प्रस्ट कानुनी व्यवस्था हुँदा हुदै प्रदेश सभा सदस्य बाटै यस किसिमको कानुन लाई उल्टयाउने कार्य गरी कानुनको मजाक बनाईएको ले सो कार्यको स्थानियले विरोध गरेका छन् ।

प्रदेश सभा सदस्य सिन्हाले आफ्नो विकासी बजेट बाट सो क्षेत्रमा गत वर्ष संचालन गरेका अधिकांस योजनामा आफ्नो स्वकीय सचिव, सवारी चालक, छोरा लगायत अन्य आफ्न्तहरु लाई सहभागी गराई घर मै एकलौटि रुपमा उपभोक्ता समिति गठन गराई गुणस्तरहिन विकास गराई अनियमितता गरेको स्थानिय शरद चन्द साह ले आरोप लगाएका छन् ।