ईशनाथमा वार्षिक परिक्षा शुरु, प्रप्रअ द्धारा अनुगमन ।

655

रौतहट ३० फाल्गुन । नोबल कोरोना भाईरसको प्रकोपलाई मध्यनजर राख्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिएको निर्देशन अनुरुप रौतहटको ईशनाथ नगरपालिकामा नगर स्तरीय वार्षिक परिक्षा विहिवार बाट सुचारु भएको छ ।

मन्त्रालयले चैत्र ५ गते भित्र सम्पूर्ण स्थानिय तहले आ आफ्नो क्षेत्रमा रहेका विधालयहरुमा नगर स्तरीय परिक्षा सम्पन्न गर्ने गरी तयारी गर्न पत्रचार गरेको थियो । मन्त्रालयले दिएको निर्देशन अनुरुप समय मै सम्पूर्ण तयारी पुरा गरि शान्तिपूर्ण ढंगबाट परिक्षा सुचारु भएको ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्द किशोर गुप्ताले जानकारी दिएका छन् ।

परिक्षा सुचारु भए लग्तै विभिन्न परिक्षा केन्द्रमा सरोकारवालाहरुका साथ पुगेर परिक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुप्ताले निर्देशन समेत दिएका छन् ।