रौतहट ३० फाल्गुन । पछिल्लो समय देश भरी नै भुमाफियाहरु द्धारा सार्वजनिक जग्गा मा गिद्धे दृष्टि लगाउने क्रम बढदै गएको छ । सम्बन्धित कार्यालयका कर्मचारी र भुमाफियाहरु बिच बढदै गएको साटघाट को जवलन्त उदाहरण हो रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा रहेको विभिन्न सार्वजनिक जग्गाहरु भुमाफियाले व्यक्तिको नाममा गराएका छन् ।
ईशनाथ नगरपालिकामा रहेको ९ सय ६ वर्ष पुरानो ईशनाथ महादेव मठको १ सय १४ विघा जग्गा भुमाफियाहरुले व्यक्तिको नाममा नामसारी गराएको घटना सेलाउन नपाउदै सोहि नगरपालिकामा रहेको श्री उच्च जनता मा.वि.को ८ विघा १५ धुर जग्गा समेत केहि राजनितिक दलका कार्यकर्ता र सम्बन्धित कार्यालयको कर्मचारीको साटघाटमा व्यक्तिको् नाममा नामसारी भएको तथ्य बाहिर आएको छ ।
सो विधालय लाई ईशनाथ महादेवको जग्गा मध्ये ८ विघा १५ धुर जग्गा उपल्बध गराईएको थियो जुन जग्गा मध्ये करिब ५ विघामा पोखरी र बाकीमा विधालय र महुवाबारी रहेको थियो जुन हाल भुमाफियाहरु आफ्नो नाममा नामसारी गराई सकेको कुरा नेकपा बाट ईशनाथ नगरपालिका नगर अध्यक्ष मोहन मेहताले बताएका छन् ।
५ विघामा रहेको विधालयको पोखरी समेत भुमाफियाहरु आफ्नो नाममा नामसारी गराई वर्षो देखि जोतभोग गर्दै आएका छन् । विधालयको सो पोखरी केहि वर्ष देखि भुमाफियाको चंगुलमा रहेको र भुमाफियाहरु नै सो पोखरीमा माछा पालन गरी बिक्रि वितरण कार्य गराई रहेकोले अगाडिको दिनमा सो पोखरीको सम्पूर्ण दायित्व विधालयको रहेकोले सो पोखरी बाट उत्पादन हुने माछा अन्य व्यक्तिले मार्ने प्रयास गरे सो कार्यको प्रतिकारमा उत्रिने मोहन मेहताले चेतावनी दिएका छन् ।
सार्वजनिक सम्पति कुनै पनि हालतमा फिर्ता गराउन आफु हर सम्भव प्रयास गरी जुन सुकै हालतमा फिर्ता गराई छाडने मेहताले बताएका छन् । साथै मेहताले मठ मन्दिर र विधालयको जग्गा फिर्ता गराई व्यक्तिको नाममा नामसारी गराउने भुमाफिया र संग्लन कर्मचारी लाई कारवाहि गर्न सम्बन्धित निकाय संग माग गरेका छन् ।