नगर प्रमुख मेहता जस्तो भए कोरोना लाई जित्न सकिन्छ : स्थानिय ।

2479
ईशनाथ नगरपालिको क्वारेनटाईन बाट केहि तस्बिर

रौतहट २१ जेष्ठ ।

रौतहट जिल्लाको ईशनाथ नगरपालिकाले कोरोना बाट बच्न अपनाउन सकने कुनै पनि प्रयास बाकी राखेको देखिदैन । संसारमा कोहि पनि अछुतो नरहेको यो भाईरस बाट नगरबासी लाई जोगाउन सो नगरपालिका का नगर प्रमुख सन्तोष मेहताले निर्वाह गरेको भुमिका साच्चिनै सरहानिय रहेको स्थानियहरु बताउछन् ।

पछिल्लो समय देशै भरी रहेका विभिन्न क्वारेनटाईन बारे अनेक थरीका नकारात्मक टिकाटिप्पनी भई रहेको बेला ईशनाथ नगरपालिकामा रहेको ३१ वटै क्वारेनटाईन पूर्ण रुपमा व्यवस्थित रहेको पाईएको छ । करिब २५ सय शैया रहेको ईशनाथ नगरपालिकाको क्वारेनटाईनमा हाल रहेका करिब २३ सय स्थानियहरु क्वारेनटाईनमा बस्दा आफुहरुलाई कुनै पनि कुराको अभाव र्सिजना नभएको बताएका छन् ।

मठिया क्वारेनटाईनमा रहेका एक स्थानियका अनुसार क्वारेनटाईनमा बस्दा बिहान चिया बिस्कुट र साँझ पौष्टिक खाजा पाउने गरेको तथा दिनको तिन पटक अलग अलग परिकार गरी गुणस्तरीय खाना पाउने गरेको बताए । त्यस्तै जोकहा क्वारेनटाईनमा रहेकाहरुका अनुसार दिनहु नगर प्रमुख आफै आई टाढा बाटै भए पनि क्वारेनटाईनको व्यवस्था र यहाँ बस्नेहरुको अवस्था बारे स्वास्थ्यका कर्मचारीहरु सँग चासो राख्ने गरेको तथा सानो सानो समस्यालाई पनि तादरुकताका साथ तुरन्त समाधान हुने गरी पहल गरेको हेर्दा हामी बाचुनजेल वहाँ जस्तै नगरप्रमुख हेर्न पाँउ भनेर बताएका छन् ।

ईशनाथ नगरपालिकाले हाल आफ्नै स्रोत साधनले नगरपालिका भरी रहेका विभिन्न स्थानमा ३१ वटा क्वारेनटाईन निर्माण गरी भारत लगायतका देशबाट आएका नगरबासीहरु लाई क्वारेनटाईन गरी राखेको अवस्था छ । नगरपालिकाको बजेटले क्वारेनटाईन व्यवस्थापनमा चुनौति थपिएको र कोरोनाको महामारीले तथा बजेट अभावका कारण विकास निर्माण लगायतका काममा वाधा पुगेको नगर प्रमुख सन्तोष मेहताले बताएका छन् ।