रौतहट ३२ श्रावन ।
विश्व लाई नै कोरोना नामक भाईरसले आक्रान्त बनाएको बेला यस भाईरस असर नेपालमा पनि अत्याधिक देखा पर्न थालेको छ । कोरानाको कारण नेपालको अर्थ व्यवस्था समेत संकटमा परेको छ । करिब करिब नेपालका सबै प्रदेश हाल कोरोनाको महामारी संग सर्घषरत अवस्थामा रहेको बेला प्रदेश नम्बर २ को सरकार खरायो जस्तै सुत्नमा व्यस देखिएको आरोप लागेको छ ।
रौतहटको ईशनाथ नगरपालिकाका नेकपाका नगर कमिटि अध्यक्ष मोहन मेहताले संचारकर्मीहरु संग कुराकानी गर्दै स्थानिय सरकारको तादरुकता कै कारण कोरोना संग हाल सम्म जुधने काम भएको र भई रहेको बताएका छन् । नेपालमा सबै भन्दा बढि संक्रमित र मृत्कको संख्या प्रदेश नम्बर २ मा नै रहेको भए पनि प्रदेश सरकार खासै केहि नगरेको आरोप लगाएका छन् ।
कमिसन बाडफाडमा कुरा नमिल्दा प्रदेशको ४८ प्रतिशत रकम फ्रिज गराउने सरकारले २ नम्बर प्रदेशका जनताको आँखामा र्खुसानी दल्नु बाहेक कुनै काम नगरेको मेहताको आरोप रहेको छ । प्रदेश सरकारका मन्त्रीहरु विलासी सवारीमा बिना अर्थ भ्रमण गर्ने र झुठा आश्वासन बाडदै हिडेनु बाहेक केहि गर्न नसकेको वहाँको बुझाई रहेको छ । मेहताका अनुसार करिब ५ महिना देखि कोरोनाको सर्घष जारी रहेतापनि प्रदेश सरकारले रौतहट लगायत ८ वटा जिल्लामा पिसिआर जडान गर्न नसक्नु मान्वता संगको खेल्वाड रहेको छ ।
प्रदेश नम्बर २ मा कोविडले भयावह रुप लिनुमा प्रदेश सरकार स्वंम जिम्मेवार रहेको मेहताले बताएका छन् । यस्तै एक अर्को प्रसङ्ग मा बोल्दै मेहता ले भने “ सधै केन्द्र सरकार लाई दोषारोपन गर्नुको साथै प्रदेश सरकार संग फ्रिज हुदै आएको बजेट लाई तत्काल निर्णय गरेर रौतहट लगायत अन्य जिल्लामा रहेको होटेलहरु लाई भेन्टिलेटर सहितको सुविधा सम्पन्न आईसोलेशन बनाउनु जरुरी रहेको छ ।
रौतहट जिल्लामा हालै आएको प्रमुख जिल्ला अधिकारीको काम गर्ने शैलीको प्रसंशा गर्दे मेहताले वहाँको प्रयासमा छिटै रौतहट जिल्लामा सुविधा सम्पन्न आईसोलेशन बन्ने र पिसिआर जडान हुनेमा विश्वास व्यक्त गरेका छन् ।