बिटु सिंहको नेतृत्वमा युवा संघ रौतहट द्धारा मशाल जुलुस प्रर्दशन ।

356

रौतहट १३ पुष ।
संसद विघटन गर्ने सरकारको कदमको विरोधमा रौतहटको मध्य भाग गरुडामा नेकपा निकट युवा संघ रौतहटले मशाल सहित विरोध प्रदर्शन गरेको छ ।

रौतहटको गरुडामा युवा संघका प्रभावशाली युवा नेता बिटु सिंह ब्रजेश नेतृत्वका युवाहरुले प्रधानमन्त्री ओलीको विरोधमा चर्को नारावाजी गर्दै प्रदर्शन गरेको हो । प्रधानमन्त्रीले संसद विघटन गरेपछि रौतहटमा जसपा, नेपाली काग्रेंस र प्रचण्ड–माधव नेपालको समूहले विरोधमा दैनिक जसो अलग अलग प्रदर्शन गर्दै आएका छन् ।

संसद विघटनको विरोधमा सोमबार सिंहको नेतृत्वमा रहेका सयौं युवा संघका कार्यकर्ताहरुले केपी तिम्रो पाराले दुख पाए सारा ले भन्दै विरोधका कार्यक्रम गरेको छ ।

रौतहटमा भएको विरोध कार्यक्रममा युवा संघका नेता– कार्यकर्ताले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै संसद पुनःस्थापनाको माग गरेका छन् । उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको विरोधमा चर्को नारावाजी गरेका थिए ।