आ–आफ्नो धर्म प्रति ईमान्दार बन्न मेयर मेहताको आग्रह ।

594

रौतहट १९ माघ । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले सम्पूर्ण नगरबासी लाई आ आफ्नो धर्मको रक्षाको गर्न आग्रह गरेका छन् । वर्तमान अवश्थामा राजनितिक दलमा आवद्ध केहि युवाहरु जातिय र धार्मिक विभेद र्सिजना गरी स्थानिय स्तरमा धार्मिक विभेदता उत्पन्न गर्ने कोसिस गरि रहेकाले धर्म प्रतिको आस्थामा गिरावत आएको मेयर मेहताको आरोप रहेको छ ।

रौतहट जिल्लाको ईशनाथ नगरपालिकाका नगर प्रमुख संतोष मेहताले सो नगरपालिकाको वड़ा नम्बर २ मा रहेको हनुमान मंदिरमा सीता राम र लक्षमणको प्रतिमा स्थापनाको अवसरमा आयोजित एक कार्यक्रमा सो मन्दिरका लागी तीन वटा मूर्ति खरीदमा ५० हजार सहयोग उपलब्ध गराएको स्थानिय मोहन मेहताले बताएका छन । नया प्रतिमा स्थापना गरे संगै विधि पूर्वक पूजन को कार्य आरम्भ भएको बताउँदै मेयर मेहताले धर्म रक्षाको लागि आफु सधै सक्रीय भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।

नेपाल भ्रमण वर्षको समयमा मठ मंदिर मस्लजिद मदरसा लगायत धार्मिक स्थल , पर्यटकीय स्थलको प्रवर्द्धन ,संरक्षण , सौन्दर्यकरण गरिने तरफ ध्यान केंद्रित गरिएको दावी गरे । साथै मेहताले वडा नं. ९ डुमरियामा मुस्लिम समुदायका लागि निर्माण हुने इदगाहको सिलान्यास गरेका छन् । करिब ७ लाखको लागतमा निर्माण हुने उक्त इदगाहको सिलान्यास गर्दै मेयर मेहताले एक महीना भित्र निर्माण कार्य सम्पन्न गरिने प्रतिब्द्धता समेत जनाएका छन् ।

धार्मिक भेदभावले गर्दा नै मानव धर्म खतराको निशान माथी पुगेको भन्दै धार्मिक भेदभावको अन्तय हुनु आवश्यक रहेको मेयर मेहताको बुझाई रहेको छ । धर्मको आडमा राजनिति गर्नैहरु विस्तारेै आफै परास्त हुदै जाने र विकासको लागी क्रान्ति गर्नै लाई सधै जनताले हातेमालो गर्ने मेयर मेहताले बताएका छन् ।